दमाैली : नेकपा माओवादी केन्द्र परित्याग गरेका भानुभक्त पाेख्रेलले नेपाली काङ्ग्रेसका तर्फबाट तनहुँ-१ का उम्मेदवार गाेविन्द भट्टराईलाई सघाउने भएका छन् ।
४ बुँदे सहमति गरेका पाेख्रेलले यश क्षेत्रका भुमिहिन , सुकुम्बासी र अव्यवस्थित रूपमा बसाेबास गरेका जनतालाई भुमि आयाेग मार्फत सिघ्र लालपुर्जा बितरण गर्न भट्टराईले पहल गर्ने उल्लेख छ ।
यस्तै यश निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पाँच वटै पालीकाहरूमा अविलम्ब अाैधाेगिक ग्रामकाे स्थापना गरि राेजगारकाे अवसरबाट बञ्चित युवाहरू लाई राेजगारि सिर्जना गर्ने कुरामा पहल गर्ने संयुक्त बिज्ञप्तिमा उल्लेख छ । बिज्ञप्तिमा यी बुँदा पूरा गर्नेतर्फ उम्मेदवार भट्टराईले पहल गरेबापत खुल्ला रूपमा रूखमा मत माग्न पाेख्रेल लाग्ने सहमति भएको उल्लेख छ ।
बन्दीपुर-१ का पूर्व वडाध्यक्ष पाेख्रेलले केही दिन अघि माओवादी परित्याग गरेका थिए । चार वटा विषयमा सहमति भएपछि पाेख्रेल भट्टराईलाई सघाउने निष्कर्षमा पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?