
दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको कार तोडफोड गरिएको छ । बिहिवार राति बा ११ च ४२५० नम्बरको कार पाकिङ्ग गरी राखेको ठाउँमा तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
कारको पछाडिको बायाँ तर्फको झ्यालको सिसा फोरिएको अवस्थामा भेटिएको छ ।
डा.स्वर्णिम वाग्लेको बुबाआमा सन्तोष होटलमा बस्नु भएको र उक्त गाडी होटलको ठीक अगाडि साइडमा पार्किङ्ग गरी राखेको अवस्थामा तोडफोड गरिएको हो ।
उक्त घट्नामा संलग्न व्यक्तिहरुको सिसि क्यामेराको फुटेजबाट अनुसन्धान गर्ने गरी घट्नाको मुचुल्का उठाउने कार्य गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?