
दमौली : प्रतिनिधिसभातर्फ रिक्त रहेको तनहुँ -१ मा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ ।
बिहान ७ बजेदेखि मतदान सुरु भएकाे हाे । बेलुका ५ बजे सम्म मतदान हुनेछ।
तनहुँ–१ बाट विजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र राष्ट्रिय स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?