तनहुँ-१ का मतदातालाई विचलित नहुन कांग्रेसको आग्रह

दमौली : नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति तनहुँ-१ ले उपनिर्वाचनको परिणामलाई लिएर निराश नहुन आग्रह गरेको छ ।

क्षेत्रीय सभापति श्याम मौरती चुनावी परिणामबाट विचलित नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । क्षेत्रीय सभापति मौरतीले मंगलबार एक विज्ञप्ती जारी कार्यकर्तालाई सो आग्रह गरेका हुन् ।

जारी विज्ञप्तीमा निर्वाचन प्रक्रिया होमिदाँ जितहार स्वभाविक प्रक्रिया भएको उल्लेख समेत गरिएको छ ।

विज्ञप्तीमा गठबन्धनका उम्मेदवार भट्राईलाई मतदान गर्ने मतदाताहरुलाई आभार समेत व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?