थपिए तीन मन्त्री : कानुनमा धनराज, स्वास्थ्यमा मोहन, डिगबहादुरलाई खेलकुद

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन् ।

जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् ।

तिनैजना नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?