
काठमाडौं : सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीले विरोध प्रदर्शन गरेको छ।
सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनउँदै पार्टीका केही नेता–कार्यकर्ताहरुले विरोध जनाएका हुन्।
उनीहरुले मंगलबार साँझ माइतीघर मण्डलामा भेला भइ सर्वोच्चको फैसलाप्रति विरोध जनाएका हुन्।
प्रदर्शनका क्रममा नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य एलिजा गौतमसहितका कार्यकर्ता माइतीघर पुगेका थिए।
उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?