मलाई सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ: रेशम चौधरी

काठमाडौँ : टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले आफूलाई सर्वोच्च न्यायालयप्रति भरोसा रहेको बताएका छन् ।

८ प्रहरी र एक नाबालक मारिएको टीकापुर घटनामा चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेसँगै विज्ञप्ति जारी गर्दै उनले सर्वोच्च न्यायालयप्रति भरोसा भएकाले आफूहरू अझै न्यायिक पर्खाइमा रहेको बताएका हुन् ।

‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ । हामी अझै न्यायिक पर्खाइमा छौं‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वोच्चको फैसला आफूप्रति न्यायिक नहुन सक्ने भए पनि त्यसलाई स्विकार्नुको विकल्प नभएको उनले उल्लेख गरेका छन् ।

उनले सार्वजनीक गरेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?