दमौलीमा भ्रष्टाचारको विरोधमा सडकमा कविता वाचन

दमौली : तनहुँको सदरमुकाम दमौलीमा भ्रष्टाचार विरोधी अभियान्ताले कविता वाचन गर्दै नक्कली भुटानी शरणार्थीे प्रकरणमा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

व्यास नगरपालिका-३ स्थित अनसन चौतारीमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा भेला भएका कविहरुले भ्रष्टाचार विरोधी कविता वाचन गर्दै दबाबमूलक कार्यक्रम गरेका हुन् ।

शुक्रवार अभियानलाई साथ दिँदै कवि, लेखक तथा साहित्यकारले सडकमा आएर कविता तथा गीत वाचन गरेका छन्। विगत केही दिनदेखि अभियानमा सम्बद्ध नागरिक समाजका अगुवाले विरोधका कार्यक्रम गरिरहेका थिए ।

कवि सगर उतास, समुन्द्र गोदार, श्रीराम कार्की, दिवाकर भट्टराई, अन्जु दाहाल लगायतले आफ्ना रचना वाचन गरेका थिए । अभियानलाई विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, शिक्षक तथा प्राध्यापकले पनि साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?