प्रेस युनियन तनहुँद्धारा तीन पत्रकारलाई पुरस्कृत 

पलदमौली : नेपाल प्रेस युनियन तनहुँले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

शनिवार दमौलीमा भएको युनियनको आठौं अधिवेशनमा आफ्नो मातहतमा स्थापित पुरस्कारहरुबाट तीन जना पत्रकार पुरस्कृत गरिएको हो ।

बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले र नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार सूर्यचन्द्र बस्नेत गरेका छन् ।

त्यस्तैगरी, गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियन तनहुँका  पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरेका छन् ।

पुरस्कारको राशी जनही १० हजार रहेको छ । उक्त पुरस्कार
गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले प्रदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?