काठमाडौंका मेयर बालेनले सुनितालाई दिए कार्यवाहक प्रमुखको जिम्मा

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू काठमाडौं बाहिर जानुपर्ने भएको भन्दै उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मा दिएका छन् ।

उनले आफू जेठ १८ गतेदेखि बाहिर जानुपर्ने उल्लेख गर्दै उपमेयर सुनितालाई जिम्मेवारी दिएका हुन् ।

‘म मिति २०८०/०२/१८ देखि कामको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने भएकोले फर्कि नआएसम्मको लागि कार्यवाहक प्रमुख भई कार्य गर्नुहुन सूचित गर्दछु’, बालेनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?