रास्वपा सांसद सोविताले गरिन् माओवादी निकट व्यवसायीसँग विवाह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले विवाह गरेकी छन् । माओवादी निकट व्यवसायी ग्रिहेन्द्र घिमिरेसँग सोविताको विवाह भएको हो ।

उनले विवाहमा पार्टीका पदाधिकारी तथा सांसदलाई समेत निम्तो नगरेको रास्वपाका एक सांसदले बताए ।

“विवाह व्यक्तिगत मामिला भयो । यसमा धेरै चासो राख्ने कुरा पनि भएन,” रास्वपाका एक सांसदले भने, “उहाँले विवाह गरेको कुरामा म जानकार छैन ।” उनले पार्टीका साथीहरु पनि व्यक्तिगत निकटताका आधारमा कोही नजिक भए गएको हुन सक्ने भन्दै पार्टीका पदाधिकारीलाई पनि निम्ता नभएको उनले बताए ।

काठमाडौं–२ बाट निर्वाचित भएकी सांसद गौतमले लामो समय देखि प्रेममा रहेका घिमिरेसँग विवाह गरेकी हुन् । उनको एक साता अघि नै विवाह भए पनि फोटो भने शुक्रबार मात्र सार्वजनिक भएको हो ।  ग्रिहेन्द्र चितवनका हुन् ।

तस्बिर : टौवा इभेन्ट्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?