अनिल केशरी शाहले भने – नेतृत्व विकासका लागि रास्वपा आएँ

काठमाडौं : बैंकर अनिल केशरी शाहले नेतृत्व विकासका लागि रास्वपा प्रवेश गरेको बताएका छन् ।

रास्वपाले प्रशिक्षण विभाग प्रमुखसहित पार्टीमा स्वागत गरेपछि भएको पत्रकार सम्मेलनमा शाहले आफूले करियर निर्माणमा सिकेको सीप, क्षमता र योग्यतालाई यो पार्टीमा प्रयोग गर्न पाउने भएपछि राजनीतिमा आएको बताए ।

“आजै यो पार्टीमा प्रवेश गरेको भन्ने होइन । केही समयअगाडि नै म प्रवेश गरेको हुुँ । नेतृत्व विकासका लागि म यो पार्टीमा आएको हुँ,” शाहले भने, “मैले ३०÷३१ वर्षमा सिकेकोे सीप, क्षमता देखाउन यहाँ पाउछु भनेर म प्रवेश गरेको छु ।”

उन पार्टी प्रवेश गरेर स्वागत भएकै दिन रास्वपाको प्रशिक्षण विभाग प्रमुख भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?