नेदरल्याण्ड्ससँग नेपाल सात विकेटले पराजित, नेपालको विश्वकप यात्रामा पूर्णविराम

काठमाडौं : आईसीसी विश्वकप छनोटका लागि  जिम्बाबेमा जारी समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग नेपाल पराजित भएको छ।

यो पराजयसँगै नेपालको विश्वकपको सपनामा यसपटक पूर्ण विराम लागेको छ। नेपाल समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको हो।

टस हारेर ब्याटिङमा खराब सुरुआत गरेको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै दिएको १६८ रनको लक्ष्य दिएको थियो।

उक्त लक्ष्य भेटाउने क्रममा नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै सुपर सिक्समा स्थान पक्का गरेको छ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ‘ डोवाडले सर्वाधिक ९० रनको उत्कृष्ट इनिङ खेले। उनले गुलशन झाको बलमा बोल्ड हुनुअघि, ७५ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे। विक्रमजित सिंह ३० रनमा पभेलियन फर्कँदा, बास डी लिड ४१ रनमा अविजित रहे।

नेपालका लागि सन्दीप लामिछानेले दुई तथा गुलशन झाले एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?