कांग्रेस नेता करुणराजले गरे पार्टी परित्याग

दमौली : नेपाली कांग्रेस व्यास-३ का सह-सचिव करुणराज काफ्लेले पार्टी परित्याग गरेका छन् ।

उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकाे दमौली अनलाइनलाई जानकारी दिए ।

“पार्टीभित्रका धेरै कुराहरु छन्, पछि खोल्दै जानेछ” उनले भने ” मैले आजको मितिदेखि नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोसणा गर्दछु, अब म फर्किदै।”

काफ्ले व्यास नगरपालिका -२ स्थित सत्यवती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?