नेपाल एसीसी यू–१६ इस्ट जाेन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेकाे हाे ।
नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे सिङ्गापुर ३१ ओभर ३ बलमा ८७ रनमा अलआउट भयाे । सिङ्गापुरका राेशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए । बलिङतर्फ नेपालका कार्तिक कामतले ३ तथा सन्ताेष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतीक पोखरेलले १/१ विकेट लिए ।
यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका सूर्यांशु काेइरालाले ४३ र निरजकुमार यादवले ४२, अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले नटआउट १२, प्रतीक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए ।
नेपालले अब भाेलि मङ्गलबार उपाधिका लागि मलेसियासँग खेल्नेछ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?