चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा जनताले सोचे अनुसारको सरकार बन्ने दाबी गरेका छन् ।
चितवनले परिवर्तनको घण्टी बजाइसकेको भन्दै उनले यसलाई २०८४ सम्मै निरन्तरता दिने विश्वास व्यक्त गरे ।
चितवन २ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेले बजेटमाथि राज्य शक्तिको दुरुपयोग भएको आरोप लगाए ।
‘बजेटमाथि शक्तिको कतिधेरै दुरुपयोग हुन्छ तपाईहरुले देख्नुभएकै छ । केहि छैन, चितवनले परिर्तनको घण्टी बजाइसकेको छ । चितवनले २०८४ सम्म निरन्तर घण्टी बजाउनेछ । त्यसपछि तपाई हामीले सोचेको जस्तो सरकार बन्ने छ’, उनले भने ।
आफुले यो वर्षलाई योजना वर्षका रुपमा लिएको भन्दै उनले संघीय सांसदको जिम्मेवारी नीति निर्माण गर्ने तहमा हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?