दमौली : १६ औं भानु कप ‘२०८० ‘को फुटबल प्रतियोगिताको उपाधि सेभेन स्टार युवा क्लब साजबोटे डुम्रेले हात पारेको छ । भानु नगरपालिका-१ भानु-१ भन्सारको क्षेत्रीय रङ्गशालामा आइतवार भएको फाइनल खेलमा भिमाद युवा क्लबलाई ४–३ गोलले पराजित गर्दै भानु कपको उपाधि जितेको हो ।
भन्सार युवा परिवारद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै सेभेन स्टार युवा क्लबले नगद दुई लाख २५ हजार दुई सय १० हात पारेको छ भने फ्रेण्डसिप युवा क्लबले नगद एक लाख १२ हजार दुई सय १० मा चित्त बुझायो ।
खेलमा सर्वोत्कृष्ट खेलाडीफ्रेण्डसिप युवा क्लबका जितेस गुरुङ ठहरिए ।
विभिन्न जिल्लाका ३२ टिमको सहभागिता रहेको प्रतियोगितामा खेल अवधिभर ५ गोल गर्दै सर्वाधिक गोलकर्ता फ्रेण्डसिप युवा क्लबका विक्की चाम्लिङ राइ , उत्कृष्ट गोल किपर सेभेन स्टारका क्लबका रमेश र अनुशासित टिमको रुपमा म्याग्दे युवा क्लब घोषित घोषित भए।
उक्त प्रतियोगिताको विजेताहरुलाई पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले पुरस्कार प्रदान गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?