राप्रपाले व्यास नगरपालिका भित्र संगठन सुदृढीकरण अभियानमा संचालन गर्ने

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले व्यास नगरपालिकाका सबै वडामा नवीन राप्रपाको अवधारणा र संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

राप्रपा व्यास नगर समितिले बिहीबार दमौलीमा आयोजना गर्ने नगरस्तरीय प्रशिक्षण कार्यक्रमले आगामी छ महिनाभित्र १४ वटै वडामा संगठन सुदृढीकरण गर्ने निर्णय गरेको राप्रपाका नगर अध्यक्ष आइतबहादुर घलेले जानकारी दिए ।

नगर अध्यक्ष घलेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय कार्य सम्पादन समितका सदस्य तथा केन्द्रीय प्रतिनिधि जयलाल पुन, केन्द्रीय सदस्य गौमाया श्रेष्ठ, प्रदेश उपाध्यक्ष चन्द्रावती पन्थ, जिल्ला अध्यक्ष विनोद विनोद घर्ती लगायकले पार्टीको भावी कार्ययोजना र रणनीति बारेमा बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?