नेपाली क्रिकेटको ऐतिहासिक दिन आज, विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै

दमौली : एसियाको सबैभन्दा ठुलो एकदिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता एसिया कपमा बुधवार नेपालले विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै छ।

नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो। समूहको नेपालले पाकिस्तानबाहेक भारतसँग पनि खेल्ने छ।

पाकिस्तानको मुल्तानमा अपराह्न सुरु हुने खेलमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?