एसिया कप क्रिकेट : नेपालको एक सय रन पुरा

काठमाडौं : एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानको १ सय रन पूरा भएको छ ।

मुल्तानमा जारी खेलमा पाकिस्तानले २१ ओभर २ बलमा २ विकेट गुमाउँदै १ सय रन पूरा गरेको हो ।

पाकिस्तानका लागि बाबर आजमले ३९ रन तथा मोहम्मद रिजवानले ३६ रन बनाएका छन् । त्यसैगरी पाकिस्तानी ओपनरद्वय फखर जमान १४ र इमाम उल हक ५ रनमा आउट भएका छन् ।

नेपालका लागि करण केसीले एक विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?