१९ वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएकाे छ ।
आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल पेनाल्टी शुटआउटमा भारतसँग ३–२ गाेलले पराजित भयाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।
अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?