दमौली : लमजुङको सुन्दरबजार नगरपालिका -९ मा रहेको आकला युथ सोसाइटीले बुधवार आयोजना गरेको ‘ तेस्रो भोटेओडार-तार्कुकोट मिनि म्याराथन’ उपाधि आँबुखैरेनी गाउँपालिका -५ का २२ वर्षीय सनम गुरुङले जितेका छन्।
व्यास नगरपालिका–३ भोटेओडार देखि -तार्कुकोट ७ किमि दूरी ३५ मिनेट ४० सेकेन्डमा पार गर्दै गुरुङले उपाधि जितेका हुन् ।
प्रतियोगितामा आशिस गुरुङ द्वितीय भएका छन् । यस्तै सुरज थापा तृतीय भएका छन् ।
म्याराथनमा प्रथम हुनेलाई १५ हजार , द्वितीय हुनेलाई दश हजार र तृतीय हुनेलाई पाँच हजार नगद प्रदान गरेको जनाएको छ।
प्रतियोगितामा चार जना बिदेशी सहित ६४ धावकको सहभागिता रहेको थियो ।
सोसाइटीले पर्यटकीय क्षेत्र, विभिन्न जातका होमस्टे, जातीय संस्कृति तथा परम्परागत स्वागत सत्कारको लगायत प्रचार प्रसार र प्रवर्द्धनका लागि भन्दै विगत केहि समय देखि म्याराथन गर्दै आएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?