
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आगामी मंसिर २१ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबारे निर्णय गरेको हो ।
प्रतियोगिताका लागि गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई अनिवार्य सहभागिताको लागि पालिकाले अनुरोधसमेत गरेको छ। प्रतियोगितामा सहभागी विद्यालयले मंसिर १५ गतेसम्म नाम लेखाइसक्नुपर्नेछ।
प्रतियोगिता सहभागी हुने विद्यार्थी विवरण तोकिएको ढाँचामा पेश गर्नुपर्नेछ। गैर विद्यार्थी तथा १८ वर्ष भन्दा बढी उमेर समूहका विद्यार्थीले प्रतियोगितामा भाग लिन नपाउने गाउँपालिकाले जनाएको छ।
प्रतियोगितामा
१. भलिबल (छात्र/छात्रा),: ( खेलाडी संख्या प्रत्येक टिममा ९जना )
२. कबड्डी (छात्र/छात्रा), : ( खेलाडी संख्या प्रत्येक टिममा ९जना )
३.एथ्लेटिक्स
(दौड (ट्रयाक) तर्फ
छात्रः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले
छात्राः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले)
उफ्रने र फ्याक्ने (फिल्ड तर्फ)
छात्रः- हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो ८००ग्राम , सटफुट १२ पाउण्ड
छात्राः- हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो ६००ग्राम , सटफुट ८ पाउण्ड।
४. मार्सल आर्ट तर्फ :
छात्र:- ४२ केजी , ४७ केजी ५२ केजी, काता एकल
छात्राः- ४० केजी ,४५केजी , ५० केजी, काता एकल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?