दमौली : तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा गाउँस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। ऋषिङ गाउँपालिका -१ बेल्टार स्थित शुक्ला माविको खेलमैदानमा विहिवार देखि प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोक कुमार श्रेष्ठले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए। पढाइसँगै विद्यार्थीहरूले खेलकुदमा पनि आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने उनले बताए ।
गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पालिकाले विद्यार्थीहरूको चौतर्फिविकासका लागि प्रत्येक वर्ष यथोचित बजेट विनियोजन गर्दै विद्यार्थीहरूमा थप हौसला प्रदान गरेको बताए।
उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकास्तरीय प्रतियोगितामा भाग लिने बताए।
पालिकाका उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाट , शिक्षा शाखा प्रमुख सुवास चन्द्र रानाभाट,विद्यालयका प्रधानाध्यापक केशर थापा मगर लगायतले खेलकुदको विकासमा सबै क्षेत्रको साथ र सहयोगको अपेक्षा गदै यस्ता प्रतियोगिताले विद्याथीहरुमा शारिरिक, मानशिक तथा संबेगात्मक विकासमा टेवा पुग्ने बताएका थिए ।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका ११ विद्यालयका करिब दुई सय विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?