दमौली : जिआर इलेक्ट्रोनिक्स दमौलीले ग्यालेक्सी युवा क्लव शिशाघाटद्धारा आयोजना गरिएको सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।
जिआएर इलेक्ट्रोनिक्स दमौलीले शनिबार एक कार्यक्रम आयोजना गरि खेलाडीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारीले खेलाडीहरुलाई खाँदा ओढाएर सम्मान गरेका थिए । सो अबसरमा बोल्दै अधिकारीले खेल क्षेत्रको विकासका लागि जिआर इलेक्ट्रोनिक्सले पुरयाएको योगदान अत्यन्त सह्रानीय रहेको बताएका थिए ।
जिआर इलेक्ट्रोनिक्सले खेल क्षेत्रमा पुरयाए जस्तै योगदान अन्य व्यवसायिक क्षेत्रबाट समेत हुनुपर्नेमा अधिकारीले जोड दिएका थिए । साथै मुलुकमा यतिखेर तीन तहका सरकार रहेको हुँदा खेल क्षेत्रको विकासका लागि तीन तहको सरकारले समेत सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै खेलाडी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन समेत अधिकारीले शुभकामना दिएका थिए ।
जिआर इलेक्ट्रोनिक्स दमौलीका प्रोपाईटर गौरव खड्काको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा पराशर टोल विकास संस्थाका उपाध्यक्ष अजित पन्थ र एयालन्स क्लवका उपाध्यक्ष अमित कैनीले समेत बोलेका थिए । जिआर इलेक्ट्रोनिक्स दमौलीले विभिन्न स्थानमा हुँदै आएको प्रतियोगितामा खेलाडीहरुलाई प्रतिस्पर्धा गर्ने विषयमा सहयोग पुरयाउँदै आएको छ ।
सम्मान कार्यक्रममा तनहुँका प्रहरी प्रमुख एसपी अवदेष विष्ट,प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष अमरराज नहर्की र पत्रकार महासंघका पूर्व उपाध्यक्ष शंकरराज नहर्की लगायतको उपस्थिती रहेको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?