म्याग्देको मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते

दमाैली : तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज अनियन्त्रित भई सडकबाट खोलामा खस्दा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

घाइते हुनेहरुमा बस चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्ले बस्ने ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार बस्ने ३२ वर्षीय सागर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै तनहुँको म्याग्दे गाउँपालिका–३ बस्ने ६० वर्षीय जुक्तबहादुर प्रधान, भारत घर भई हाल जिल्ला कास्की बस्ने २२ वर्षीय राजकुमार पण्डित, भारत घर भई कास्कीको पोखरा महानगरपालिका–१५ बस्ने ५० वर्षीय कमरुल मुस्लिम, ३० वर्षीय सक्रण चौधरी, ३५ वर्षीय पप्पु मियाँ, २५ वर्षीय मोहमद आरस, ३० वर्षीय रामकिशोर पटेल, ३४ वर्षीय नौसाद आलम, ३४ वर्षीय मौसिद आलम, पर्साको कालिकामाई गाउँपालिका–१ घर भई पोखरा बस्ने २३ वर्षीय जितेश यादव, भारत घर भई पोखरा बस्ने ४० वर्षीय करुण शेष,३५ वर्षीय थरजन गैठी, २० वर्षीय इरसाद गैठीघाइते भएका छन् ।

त्यस्तै पर्साको बहुदरमाई नगरपालिका–८ घर भई पोखरा बस्ने २९ वर्षीय रामनिवास साह, २९ वर्षीय विजेश पटेल, २० वर्षीय सहादेव साह, पर्साको धोबिनी गाउँपालिका–५ घर भई पोखरा बस्ने १७ वर्षीय रुकदास आलम, २० वर्षीय नौसाद अनसारी, पर्साको धोबिनी गाउँपालिका–५ घर भई पोखरा बस्ने १७ वर्षीय सम्साद आलम, १० वर्षीय अवलेस अन्सारी, पोखरी नगरपालिका–३ बस्ने २९ वर्षीय मनिल चौरासिया, १२ वर्षीय जफरानी अन्सारी, १२ वर्षीया जस्मिन अन्सारी, १३ वर्षीय मरिमाया खातुन घाइते भएका छन् ।

यसैगरी सर्लाही गौडेटा नगरपालिका–११ घर भई पोखरा बस्ने ५३ वर्षीय कृष्ण देव, पर्साको छिपहरमाई गाउँपालिका–३ घर भई पोखरा बस्ने ४० वर्षीय गोपीलाल मुखिया, २९ वर्षीय बिललाल महतो, पर्साको कोटवरिया गाउँपालिका–९ घर भई पोखरा बस्ने २३ वर्षीय सरोजकुमार, भारत घर भई पोखरा बस्ने २३ वर्षीय राजु साह र १५ वर्षीय सिद्धी उमर घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?