दमौलीमा मनाइयो ३०२ औं पृथ्वी जयन्ती(फोटो फिचर)

दमौली : ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । उक्त अवसरमा शुक्रबार राप्रपा तनहुँले दमौलीमा निकालिएको पदयात्रा । को आयोजनामा पदयात्रा प्रदर्शन गरिएको हो ।  ।

आज देशभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइँदै छ ।

विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?