संसारभर नै सत्ताका लागि महाभारत छ : देउवा

पोखरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताका लागि संसारभर नै महाभारत रहेको बताएका छन् ।

“सत्ता भनेको सबैलाई आवश्यक छ नि, नेपालमा ।  संसारभर नै अहिले सत्ताका लागि महाभारत नै छ । चुनाव भनेको त्यही हो ।” उनले भने ।

मंगलबार कांग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सत्ता गुमेको पार्टीलाई सत्तामा ल्याउँदा पनि जस नदिएकोमा असन्तुष्टि बने ।

“पार्टीलाई सत्तामा ल्याउनुपर्‍यो नि । सत्ता भनेपछि, आफ्नो केही नभएपछि लौ शेरबहादुरले बिगार्‍यो–बिगार्‍यो भन्ने । फेरि ल्याएपछि भएन भन्ने ?,” उनले प्रश्न गरे ।

गठबन्धनको पक्षमा बोलिरहने देउवाले मंगलबार पनि कुरा दोहोर्‍याए । अहिलेको संविधान अनुसार कुनै पार्टीको बहुमत नआउने भएकाले कुनै पार्टीसँग मिलेर सरकार बनाउनु बाध्यता रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?