दमौली : नेपाली कांग्रेस तनहुँका पदम परियार राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् । गण्डकी प्रदेशको अपांग कोटाबाट परियार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
तनहुँको व्यास नगरपालिका-१ निवासी उनी सत्तारुढ गठबन्धनबाट विजयी भएका छन् । परियारले ३७७४ मत प्राप्त गरेका छन् । परियारका प्रतिश्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाएका थिए।
नेकपा माओवादी केन्द्रकी नेतृ मनरुपा शर्मा राष्ट्रिय सभा सदस्यमा विजयी भएकी छन् । गण्डकी प्रदेशबाट महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटालाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।
आजै भएको निर्वाचनमा उनले ३ हजार ६ सय ६० मतभारका साथ विजयी भएकी हुन् । उनकी निकटतम् प्रत्यासी एमालेकी देवकोटाले २ हजार ५ सय ५३ मतभार प्राप्त गरेकी छन्
यस्तै, अन्यबाट किरणबाबु श्रेष्ठ विजयी भएका छन् । उनले ३ हजार ८ सय ८ मतभार पाएर विजयी भएका हुन् । श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिएका थिए ।
विजयी तीन उम्मेद्वार नै सत्ता गठवन्धनबाट निर्वाचन लडेका थिए ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?