कांग्रेसका नेता पन्थ सहित १७ जना राप्रपामा प्रवेश

दमौली : तनहुँको व्यास नगरपालिका वडा नं १३ मा विभिन्न पार्टी परित्याग गरी १७ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका नेता ओजराज पन्थ १७ जना पार्टीमा प्रवेश गरेको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तिले जानकारी दिए।

नवप्रवेशीहरुलाई अध्यक्ष घर्तिले पार्टीको सदस्यता प्रदान गरेका थिए ।

यसैबीच व्यास १३मा  पन्थको संयोजकत्वमा राप्रपाको १५ सदस्यीय वडा कार्य समिति चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?