क्रान्तिकारी कम्युनिष्ट पार्टीले भन्यो -सत्यवतीका शिक्षकले विद्यार्थी नेताहरुमाथि अभद्र व्यवहार गर्यो

दमौली :  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल व्यास नगर संगठन समितिले व्यास नगरपालिका -२ स्थित सत्यवती माविका शिक्षक तथा कर्मचारीहरुले विद्यार्थी नेताहरुमाथि अभद्र व्यवहार भन्दै विरोध जनाएको छ  ।

पार्टीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै  विद्यालयका शिक्षक तथा कर्मचारीहरुले विद्यार्थी नेताहरुमाथि गरेको अभद्र व्यवहार प्रति माफी माग्नु पर्ने जनाएको छ ।

पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय कार्यक्रम अनुसार ‘शिक्षमा नीजिकरण, व्यापारीकरण र माफियाकरणको विरुद्ध मिसन एभ्रिडे’ भन्ने मुल नाराका साथ देशव्यापी रुपमा अभियान सन्चालन गरिएको जनाउँदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले यसै शिलशिलामा व्यास -२ को सत्यवती माविमा विद्यार्थी जागरण, संगठन विस्तार, शैक्षिक सुधार र विद्यालय परिसरको सौचालय अनुगमन गर्ने क्रममा विद्यार्थी नेताहरुमाथि अभद्र व्यवहार भएको सो पार्टीको व्यास नगर संगठन समितिका संयोजक झरनाद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

अनेरास्ववियु क्रान्तिकारीले गरेको सौचालयको अनुगमन पछि सत्यवती मावि प्रशसानले बुधबार विद्यार्थीले प्रयोग गर्ने सौचालय सरसफाई गरि सौचालयको ढोकामा चुकुल समेत हालेको क्रान्तिकारीका जिल्ला अध्यक्ष शिव सदाशंकरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?