हिन्दुराष्ट्रको पुनःस्थापनाको माग गर्दै राप्रपाले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)तनहुँले प्रधानमन्त्रीलाई  ज्ञापनपत्र बुझाएको छ ।

बुधबार देशभरका विभिन्न जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने केन्द्रको कार्य तालिका अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएको जिल्ला अध्यक्ष विनोद कुमार घर्तीले जानकारी दिए ।

राप्रपाले सदमुकाम दमौलीमा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष घर्तीले बताए।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका साथै राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेर प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।

देशभर प्रदर्शन र सभा गरेर चैतको पहिलो साता काठमाडौं केन्द्रित प्रदर्शन र भेला हुने राप्रपाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?