चौथो ऋषिङ अध्यक्ष कपको उपाधि गलकोट नगरपालिकालाई

दमौली : चौथो ऋषिङ गाउँपालिका अध्यक्ष  कप ‘२०८० ‘को  भलिबल  प्रतियोगिताको उपाधि बाग्लुङको गलकोट नगरपालिकाले हात पारेको छ।

ऋषिङ गाउँपालिका -४ स्थित महेन्द्र ज्योति प्राथमिक विद्यालयको खेलमैदानमा बुधवार भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकालाई ३/१ को सेटले पराजित गर्दै गलकोट नगरपालिकाले चौथो ऋषिङ अध्यक्ष  कपको उपाधि जितेको हो ।

तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित प्रतियोगिताको उपाधिसँगै गलकोट नगरपालिकाले नगद एक लाख ८७ हजार हात पारेको छ भने शुक्लागण्डकी नगरपालिकाले नगद  एक लाख २० हजारमा चित्त बुझायो ।

त्यस्तैगरी  तेश्रो हुन सफल बौदीकाली गाउँपालिकाले ५४ हजार र सान्त्वना हुन सफल भिमाद नगरपालिकाले १३ हजार ५ सय प्राप्त गरे । खेलमा उत्कृष्ट खेलाडी गलकोट नगरपालिकाका सुमि विक ठहरिए ।

जिल्लाका १३ टिमको सहभागिता रहेको प्रतियोगितामा खेल अवधिभर उत्कृष्ट सेटर गलकोटका मिन सुनार , वेस्ट स्पाइकर बौदीकाली गाउँपालिकाका अशिस श्रेष्ठ, वेस्ट डिफेण्डर बौदीकालीकै सुरन गाहा मगर,वेस्ट मिडल ब्लकरमा शुक्लागण्डकीका रमेश गुरुङ र उदियमान खेलाडीमा गलकोटका लवसन सिजाली  घोषित भए।

५ दिन सम्म चलेको उक्त प्रतियोगिताको विजेताहरुलाई व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?