नगर स्तरीय प्रथम मेयर कप उपाधि वडा नम्बर २ लाई

दमौली : भानु नगर स्तरीय प्रथम मेयर कप ‘२०८० ‘को नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर २ ले हात पारेको छ ।  भानु नगरपालिका -१ स्थित क्षेत्रीय रङ्गशाला खेलमैदानमा आज भएको फाइनल खेलमा वडा नम्बर -३ लाई ४-३ गोलले पराजित गर्दै भानु नगर स्तरीय प्रथम मेयर कपको उपाधि जितेको हो ।भानु नगरपालिकाका शिक्षा तथा खेलकूद विकास शाखाद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै वडा नम्बर २ ले नगद रु ५० हजार हात पारेको छ भने वडा नम्बर ३ ले नगद रु ३० हजार चित्त बुझायो ।

सेमिफाइनल पुग्न सफल वडा नं ३ र वडा नं ११ ले नगद १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । खेलमा सर्वोत्कृष्ट खेलाडी भानु -२ का सुनिल मजकोटी ठहरिए ।

जिल्लाका १३ टिमको सहभागिता रहेको प्रतियोगितामा खेल अवधिभरका सर्वाधिक गोलकर्ता भानु -२ का कर्म गुरुङ र भानु -७ का रबिन नेपाली, उत्कृष्ठ डिफेन्डर भानु -१ का सलिन तामाङ र उत्कृष्ट गोल किपर  रक्षक रमेश श्रेष्ठ घोषित भए।

उक्त प्रतियोगिताको विजेताहरुलाई भानु नगरपालिकाका नगरप्रमुख आनन्दरनज त्रिपाठीले पुरस्कार प्रदान गरे।

नगर प्रमुख त्रिपाठीले राष्ट्रिय खेलाडि उत्पादन गर्न स्थानीय क्लबहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै खेलका गतिविधिहरु संचालन गर्न पालिकाले सहयोग गर्दै आईरहको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?