पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

दमौली : पूर्वमन्त्री दुर्गा श्रेष्ठ  राप्रपा नेपालमा प्रवेश गरेकी छिन्। श्रेष्ठ तत्कालीन तनहुँ विकास समितिको सभापति पनि थिइन्।

राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यता सहित स्वागत गरेका थिए।

नव-प्रवेशी दुर्गा श्रेष्ठले कमल थापाको नेतृत्वमा राष्ट्रवादी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू राप्रपा नेपालमा आबद्ध भएको बताइन्।

पार्टी अध्यक्ष थापाले सक्रियताको आधारमा  कामको जिम्मेवारी र भूमिका दिने भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?