दमौली : तनहुँकाे म्याग्दे गाउँपालिकाले २०८१ साल वैशाख २ र ३ गते सार्वजनिक विदा दिने भएको छ ।
गाउँपालिकाकाे नवनिर्मित प्रमुख प्रशासकिय भवन सम्पन्न भए सँगै नयाँ भवन बाट सेवा प्रवाह गर्ने गरि सरसामान सार्ने कामको लागि सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
नवनिर्मित भवनको राष्ट्रपति रामचन्द्र पाैडेल बाट समुद्घाटन हुने समेत तय भएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार दुई दिन गाउँपालिका कार्यालय र सबै वडा कार्यालयहरू उक्त दिनमा पुर्ण रूपमा बन्द रहने छन्।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?