नेपाल ट्रेड युनियन कांग्रेस व्यास नगरको अध्यक्षमा न्यौपाने

दमौली : नेपाल ट्रेड युनियन कांग्रेस व्यास नगर समितिको अध्यक्षमा हरिश्चन्द्र वाग्ले निर्वाचित भएका छन् । समितिको दोश्रो अधिवेशनले वाग्लेलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा भरत प्रसाद पौडेल,कोषाध्यक्ष लक्ष्मी बिक, सचिवमा बिष्णु प्रसाद श्रेष्ठ र सहसचिव रेसम खुलाल सर्वसम्मत भएका छन् ।

त्यस्तै सदस्यहरुमा दिलकुमारी थापा (सौन्दर्य), रियाइत आलम (नाइ), हरिकृष्ण पन्डित (बित्तीय), मिलन तामाङ (प्रेस युनियन), बिरु ठाकुर (यातायात), चेतन थापा (निर्माण संघ) सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक बिश्वनाथ अधिकारीले जानकारी दिए ।

कृष्णचन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम सचिब हरिश्चन्द्र न्यौपानेले गरेका थिए । अधिबेशन कांग्रेस निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रजातान्त्रिक रास्ट्रिय अपाङ्ग महासंघ केन्द्रिय अध्यक्ष प्रकाश पन्थ, रास्ट्रिय सभा सदस्य पदम परियार, व्यास नगर सभापति सुर्यचन्द्र हड्खले, नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष कृष्ण बहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?