काठमाडौं : आयरल्यान्ड ‘ए’सँग नेपालले आज दोस्रो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १ बजे शुरू हुनेछ । दुई खेलको सिरिजमा नेपाल १-० ले अगाडि छ ।
आज दोस्रो अर्थात् अन्तिम सिरिज हुन लागेको हो ।
सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको थियो । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
आयरल्याण्डसँग नेपाल ‘ए’ टिमले तीन/तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्दैछ । यो सिरिज बिहीबारदेखि सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?