दमौलीको मादी र सेतीको संगम स्थलमा सन्ध्याकालिन गंगा आरती हुने

दमौली : अठाइसौँ श्रीकृष्ण द्वैपायन वेदव्यासको पवित्र परिसर  व्यास नगरपालिका -३ मादी र सेती नदीको संगम स्थलमा  सन्ध्याकालिन गंगा आरती हुने भएको छ । व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित दमौलीमा आगामी २०८२ सालको बैशाख १ गते देखि साँझ आरती गर्न लागिएको हो ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेको महसुस गरिएकाले गंगा आरती कार्यक्रम आयोजना गर्न लागिएको वेद अनुयायी प्रतिष्ठान नेपालका प्रमुख संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले जानकारी दिए ।
 “पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चार वेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार हुन सकेको छैन ।”उनले भने, “स्वदेशी तथा विदेशी धार्मिक पर्यटकहरू धार्मिक पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यका साथ आगामी २०८२ सालको बैशाख १ गतेबाट सन्ध्याको गंगा आरती गर्ने उदेश्यले भौतिक संरक्षण निर्माण गर्न सुरु गर्दैछौं ”
उनले थपे , “ सुरुबाट नै यो सोच थियो तर जग्गाको अभाबमा काम अगाडी बढाउन सकिएको थिएन,अब नदिको धार दक्षिणतिर गएकाले यताको भागमा तटबन्ध गरि सन्ध्याको बेला गंगा आरती गर्ने स्थाल बनाउन सुरु गरेका छौ एक वर्ष भित्र अवश्य पुरा हुने छ।”

व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको दाबी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरू पुल तरेर पराशर क्षेत्र पनि पुग्ने गरेका छन् ।

व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विसं २०४१ मा योगी नरहरिनाथले कोटीहोम लगाउने शिलशिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाइ व्यक्त गरेका थिए ।

आजभन्दा करिब पाँच हजार पाँच सय वर्ष अगाडि व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि आठ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?