विश्वकै ठुलो कम्युनिष्ट सरकार चीन तथा विश्वकै ठुलो लोकतान्त्रिक मुलुक भारत, हाम्रा द्वोय छिमेकी अहिले विश्वमा समष्टिगत विकासका दृष्टिले विश्वमा वर्चस्व राख्ने मुलुक हुन । हाम्रो आर्थिक , सामाजिक स्वरूप हेर्दा मुलत उत्तरी भेगमा प्राय चीनिया तथा दक्षिणमा भेगमा भारत संग मिल्दोजुल्दो पाइन्छ । इतिहास देखिनै दुवै राष्ट्र संग आर्थिक, सामाजिक , सांस्कृतिक, तथा कूटनैतिक सम्बन्ध विस्तार गर्दै आएको नेपालले अहिलेको समयमा पनि दुवै छिमेकीसँग सम्मान अन्तर्राष्ट्रिय मुल्य मान्यता बमोजिम सम्बन्ध राखनु औचित्य हुन्छ तथा आवश्यक छ । मुलुकको क्षेत्रफल तथा विकासका दृष्टिकोणले ठुलो रहे पनि छिमेकी संगको सम्बन्ध अन्तर्राष्ट्रिय मर्यादा बमोजिमको हुनुपर्छ ।
सबै मुलुकको आफ्नो सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित तथा स्वतन्त्रता रहेको हुन्छ । कुनै पनि छिमेकी होस् वा अन्य सहकार्य राख्ने मुलुक सबै संग सम्मान व्यवहार, समन्वय, तथा कूटनैतिक सम्बन्ध स्वस्थ हुनु आवश्यक हुन्छ । आवश्यकता अनुसारको लाभ तथा सहायता लिनु सोभाविक हो तर सो राष्ट्र प्रतिको झुकाव उचित होइन । अन्तर्राष्ट्रिय विकास सहायता विश्वका सबै मुलुकले स्विकार गर्दछन् अझ नेपाल त आफुसँग पूर्ण विकासका संसाधन नभएको, विकास व्यवस्थापनमा आवश्यक लगानी गर्न नसक्ने तथा अन्तर्राष्ट्रिय सहायता आवश्यक पर्ने मुलुक हो ।
नेपाल दुई विकसित मुलुक तथा Asian giants को बीचमा रहदा पनि उचित लभ एवम् ती राष्ट्रका विकासका नीति अवलम्बन गर्न सकिरहेको छैन् । सधैं ती छिमेकीमा आत्मनिर्भर रहदै आएको छ, नेपालको आयात निर्यात हेर्ने हो भने ९०, १० जस्तो तथ्याङ्क पाइन्छ । आत्मनिर्भर कति सम्म रहेको छ भन्ने पुष्टि तथ्याङ्कले गर्दछ । नेपालमा मुख्यतया खाद्यान्न तथा फलफूल धेरै आयात हुन्छ । हाम्रो नेतृत्व सधैं छिमेकी मै आत्मनिर्भर हुन रुचाउछन्, अझै नेपाली सार्वभौमिक जनताले लिने निर्णय तथा जनताको अधिकार उपयोग हुनुपर्ने विषयमा पनि हाम्रो नेतृत्व सकेसम्म आत्मनिर्भर नै चाहान्छ ।
द्वोय छिमेकी भारत र चीनको चासो नेपाल प्रति सधैं उच्च नै पाइन्छ । विगत देखिनै छिमेकीको चासोमा रहदै आएको नेपाल पनि कहिले चीनिया त कहिले भारतीय पोल्टोमा ढल्केको सुन्नमा आउँछ तथा पाइन्छ । चीनमा कम्युनिष्ट सरकार रहि रहदा नेपालमा प्राय कम्युनिष्ट शक्तिलाई एक बनाउने तर्खरमा चीन रहन्छ, भने भारत चीन प्रति काउन्टर दिने तर्खरमा रहन्छ । सकेसम्म दुवै छिमेकीले आ-आफुले चिताएका सरकार बनोस भन्ने चाहान्छ । भारत नेपालसंग रोटी बेटीको सम्बन्ध राख्ने भन्दछ तर कतिपय व्यावहारिक क्रियाकलापमा नेपालप्रति तुलनात्मक रुपमा दमनकारी व्यावहार देखाउन ।
सन २०२३ मा भारतले आफ्नो नक्सा जारी गर्दा नेपालको कपिलवस्तु लागाएर को भुभाग समेटेर प्रकाशित गर्यो । अझै भारतको प्रभाव नेपाल भारत खुल्ला सीमाना बाट बढी देखिने गर्दछ । नेपालको सार्वभौमिक अधिकार प्रयोग गर्ने सम्मका प्रतिनिधिहरू मै किन नहोस भारतीय प्रभाव देखिन्छ । अहिले त भारतमा आम निर्वाचन हुदैछ छ, जहाँ पुन तेस्रो पटक भाजपाका नरेन्द्र मोदी प्रधानमन्त्री हुने सम्भावना छ । हिन्दु राज्य स्थापनाको मुद्दा लिएर नरेन्द्र मोदी आम निर्वाचन हुमिदै गर्दा र भाजपाको पकड बलियो भएका प्रान्त विहार, उत्तरप्रदेश नेपाल संग खुल्ला सीमाना जोडिएका छन । अमेरिकीको समेत चासो रहेको विश्वको ठुलो लोकतान्त्रिक मुलुक भारतको आम निर्वाचनमा, नेपालले त झनै छिमेकी हो निर्वाचनको परिणाम र त्यसपछिको एक्सनमा उचित चासो राख्नु पर्दछ । नेपालले धर्मनिरपेक्षतालाई संविधानतः सुनिश्चित गरेपनि भोलि यदि भारतमा मोदीले चाहेको भएमा यसको प्रभावले नेपालका कतिपय नेतृत्वमा पनि झल्किन्छ भन्न सकिदैन ।
चीनको पनि पछिल्लो समयका गतिविधि हेर्दा र नेपालको कम्युनिष्ट एक विन्दुमा आउनु पर्ने अभिव्यक्ति सुन्दा चीन भारतको निर्वाचन पछिल्लो एक्सन लाई लिएर नेपालमा तत्पर तयार देखिन्छ ।
समष्टिमा हेर्दा छिमेकीको जुहारी ले नेपाल पक्कै पनि अछुत नरहने देखिन्छ । तर हाम्रो नेतृत्व अहिले व्यक्तिगत लडाई तथा सत्ताको उठबस मा मोहित छ । जनताले राज्य चलाउन पठाएका हुन, मुलुकमा आवश्यक नीति निर्माण गर्न राष्ट्रिय महत्वका मुद्दा मामिलामा छलफल गर्न आफ्नो अधिकारको प्रयोग गरी प्रतिनिधि बनाएर पठाएका हुन तर जनताका प्रतिनिधि नै लोकतान्त्रिक मुल्य मान्यता विपरित कार्य गर्दैछन । संसद रोकेर मुलुकमा अनिश्चिता र अस्थिरता ल्याउने बाटोमा छन् । वहस गर्ने, विचार व्यक्त गर्ने एवम् राष्ट्रिय हितको लागी कार्य गर्ने प्रतिनिधिहरू आफु मै लड्नु, अलोकतान्त्रिक शैली देखाउनुले त भोलि यो सुन्दर लोकतान्त्रिक प्रणालीमा प्रश्न उठाउन वाध्य बनाउँछ । छिमेकीले तयार पारेका अस्त्र तथा राष्ट्र र राष्ट्रियताको रक्षामा आजको नेतृत्वले चासो नराख्दा निरन्तर प्रश्न उठ्ने छ । कुनै पनि छिमेकीमा लिप्त नभैकन नेपालका नेतृत्वले राष्ट्रवाद प्रति र मुलुक तथा जनताले खोजेको समृद्धि, समुन्नतिका लागि तुलिन रहनु नै नयाँ पुस्ताका सिक्ने मैका हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?