
कोरोनाभाइरस (कोभिड–१९) को महामारी शुरु भएको दुई वर्ष पुरा हुन लग्दैछ यसै अबधिमा विभिन्न चरण पार गर्दै हामी यो अवस्थासम्म आइपुगेका छौं । बिगत दुई महीनादेखि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले व्यापकता पाएको छ ।
जानस्वास्थ विदहरुले डेल्टा भेरियन्टपछि तीव्र गतिमा कोरोना फैलिंदैन भन्ने आम मानिसको आशा थियो । हाल सम्म कोरोनाको महामारीलाई नै हेर्ने हो भने ६ वटा भेरियन्ट धेरै फैलिएको देखिए पनि यसबाहेक अरु थुप्रै भेरियन्ट बनेका छन् । धेरै परिवर्तन र फैलावट नभएका भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न मानेको छैन ।
जानस्वास्थ बिज्ञाअनुसार मान्ने हो भने अहिले विश्वभर फैलिएको ओमिक्रोनलाई भने भेरियन्ट अफ कन्सर्नमा राखेको छ । पहिलाका अन्य भेरियन्टभन्दा डेल्टा बढी संक्रामक र घातक थियो । तर अहिलेसम्मको अध्ययनले ओमिक्रोन, डेल्टाभन्दा पनि धेरै संक्रामक पाइएको छ, तर त्यति नै घातक भने देखाएको छैन । कोही संक्रमित हुनु व्यक्तिगत रुपमा नराम्रो हो । तर जनस्वास्थ्यको नजरमा संक्रमण धेरै फैलिए पनि डेल्टा भेरियन्टले जति क्षति पुर्याउँदैन कि भन्ने आकलन गर्न सकिन्छ । ओमिक्रोनले आउँदा दिनमा कति प्रभाव पार्छ भन्ने अझै स्पष्ट भइसकेको छैन । त्यसैले हामीले ठूलो चुनौतीको सामना गर्ने गरी पूर्वतयारी गर्नुपर्छ
त्यसोभए खोपको प्रभावकारिता कति ?
बिश्वमा कोरोना महामारी शुरु भएको दुई वर्ष भन्दा बढी भइसक्यो र कोरोना विरुद्धको खोप प्रयोग गर्न थालेको पनि एक वर्षभन्दा बढी भइसक्यो । तर अहिलेसम्म पनि किन संक्रमण फैलिरहेको छ भन्ने जनमानसमा प्रश्न उब्जिनु स्वाभाविक हो । तर तथ्य र तथ्यांकलाई केलाउने हो भने यो अनपेक्षित होइन ।
जनस्वास्थ्यको नजरमा खोप विकास गर्दा नै यो लगाएपछि संक्रमण नै हुँदैन भनेर बनाइएको थिएन । प्रभावकारिता हेर्दा नै अस्पताल जानु नपर्ने वा जानु परे पनि गम्भीर समस्या नहुने भनेर खोपको विकास गरिएको हो । त्यो हिसाबले अझै पनि खोपलाई प्रभावकारी मान्नुपर्छ ।
किनकि ओमिक्रोन पहिलो पटक भेटिएको दक्षिण अफ्रिकामै फाइजरको दुवै डोज खोप लगाएकाहरुमा ७० प्रतिशतसम्म प्रभावकारिता देखिएको छ । तेस्रो डोज (बुस्टर) लगाएका मानिसमा त खोपको प्रभावकारिता ९० प्रतिशतसम्म छ । शुरुमा खोप बनाउने बेलामा ५० प्रतिशत प्रभावकारी भए पनि प्रयोग गर्न सकिन्छ भन्ने विश्व स्वास्थ्य संगठनले मापदण्ड तोकेको थियो ।
ओमिक्रोन भेरियन्टमा खोप लगाएकालाई संक्रमित बनाउन सक्ने क्षमता भए पनि शरीरमा छिटो–छिटो संख्या बढाउने क्षमता कमजोर भएको पाइएको छ । किनभने आनुवंशिक परिवर्तनले गर्दा शरीरको कोषभित्र प्रवेश गर्न गाह्रो बनाउँछ । ओमिक्रोनले मुख्यगरी घाँटी, नाकतिर संक्रमण गर्ने देखिए पनि फोक्सोमा प्रवेश गर्न गाह्रो भएकाले गम्भीर बनाउने सम्भावना कम रहेको तथ्यांकले जनाएको छ।
खोप लगाएकाहरु पनि संक्रमित हुनुको अर्को कारण हो, एन्टीबडीको मात्रा घट्दै जानु । खोप लगाएपछि हाम्रो शरीरमा एन्टिबडी (रोग प्रतिरोधात्मक क्षमता) बढ्छ । खोप लगाएको १५ हप्तापछि एन्टिबडीको मात्रा घट्दै जान्छ । अहिलेसम्मको अध्ययनले फाइजर तथा मोडर्नाको खोपको प्रभावकारिता धेरै पाइएको छ भने कोभिसिल्डको केही कम । भेरोसेलबारे त्यति धेरै तथ्य तथ्यांक उपलब्ध छैन । तर भेरोसेलको प्रभावकारिता कोभिसिल्डको भन्दा पनि कम देखिएको छ । जबकि नेपालमा भेरोसेलको प्रयोग धेरै भएको छ ।
तर हाम्रो स्वाथ्यको हिसाबमा हेर्दा कोरोना भाइरस विरुद्ध जुन खोप उपलब्ध छ, त्यो नै लगाउनु उपयुक्त हुन्छ । किनकि थोरै मात्रामा प्रभावकारी भए पनि संक्रमण भएको अवस्थामा गम्भीर हुनबाट जोगाउँछ । साथै व्यक्तिगत रुपमा प्रभावकारिता कम भएपनि धेरै मानिसले खोप लगाउने हो भने त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको पर्खाल बनाउँछ र एकअर्कामा संक्रमण सर्ने सम्भावना घटेर जाने विज्ञहरु बताउछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?