हैन तरकारी हातले खेलाई–खेलाई नछोए नी हुँदैन र ?

बिहानको समय छ । लकडाउन नै भएपनि व्यास ३ स्थित फलफूल तथा तरकारीलाई किन्न आउने काध मानिसको भिड जम्मा भइरहेकै छ । प्राय दैनिक प्रयोगमा ल्याईने खाद्य सामग्री एवं तरकारी किन्नेको भिड सधैं जसो एकनासले देखिन्छ । दोस्रो भेरियन्टको कोभिड १९को लहरसगै थप कडाइका साथ लकडाउन गरिएको भएतापनि अझैसम्म पनि व्यास नगरपालिका नजिकै रहेको तरकारी पसलहरुमा व्यवसायीहरुले तरकारी किन्ने सिमा मापन गरेको या डोरि घेरा लगाइएको त्यस्तो केही पनि देखिँदैन । बजार अनुगमनकर्ताको ध्यान केन्द्रित नभएको हो या फेरि मनोमानी गरिएको हो । व्यास ३ स्थित तरकारी तथा फलफूललाइनमा मानिसहरु मनलाग्दी तरिकाले तरकारी छानीरहेको देखिन्थे । छेवैमा सुरक्षाकर्मी समेत भएर पनि उनीहरुले नटेरीरहेको अवस्था थियोे । मुखमा लगाएको फेसमाक्स हातले तानेर चिउँडोमा पु¥याई ठुलो ठुलो स्वरले आवाज निकाल्दै तरकारी छानिरहेका मानिसहरूको जमात दैनिक प्रायजसो देखिएकै छ ।

के त्यसरी तरकारी छानिछानी भीडभाड, ठेलमठेल गरेरै, छोएरै किन्नी समय हो त यो ? के त्यसरी किनिएका तरकारीहरु हाम्रो घरभित्र छिराउँदासम्म हामी सुरक्षित रहन सक्छौ त ? तरकारी पसलहरुमा पनि न्यूनतम सुरक्षाका मापदण्डहरु लागू हुन जरुरी छैन र ? बैंकमा सिमित घेराभित्र लाइनमा बसेर सेवा लिए जस्तै के तरकारी पसलमा पनि डोरी घेरा बनाएर भिड नियन्त्रण गर्नुपर्ने होइन र ? यो लकडाउन अवधिभरि तरकारी पसलभित्र ठेलमठेल गर्दै तरकारी छान्न नदिनुपर्ने होइन र ? मानिसहरू भाटभटेनी या अन्य कुनै सुपरमार्केटको चमकधमकमा तरकारी किन्दा चाहिँ पहिलै जोखेर पोको पारीराखेको टप्प बोकेर आउछन् । अनि आफ्नै स्थानीय बजारमा चाहिँ मोलमोलाइ गर्दै एउटै चिज दस ठाउँमा खोतलखातल पारेर चित्त बुझेपछि मात्र किन्ने गर्दछन् । किन ? के स्थानीय बजारले तुलनात्मक रुपमा सामान्य नियम पनि बनाउन नसकेको कारण नै ग्राहकमा यस्ता प्रवृति देखिएको हो त ?

हो भने पनि अब त कोभिड–१९ को दोस्रो भेरियन्टले आक्रान्त पारेको वेला त यस्तो मोलमोलाई रोक्नतिर लाग्नुपर्ने होईन र ? व्यापारी भन्दछन् किन्ने ग्राहक नै सचेत हुन चाहदैनन् त्यसो त अधिकांश फलफुल तथा तरकारी व्यवसायीहरूको एउटै गुनासो के सुन्न पाइन्छ भने कि तरकारी किन्न आउने मानिसहरु नै स्वय ंलापरबाही गर्दछन् थाहै नभएकाहरु पनि त आखिर कोही छैनन् कोरोना भनेको के हो भन्यो भने अहिलेको दुई बर्षको बच्चाले पनि भन्दिन्छन् । तर तरकारी किन्न आउने मानिसहरु आफै ंवलजफ्तीभित्रै छिरेर खोतालखाताल पारेर आफै छानेर लान खोज्छन् । त्यसो नगर्नुस्, बाहिरै बस्नुस् हामी छानेर दिन्छौ भने झगडा गर्न आइपर्दछन् । त्यहीमाथि सेनिटाइजर दल्न पनि मान्दैनन् । कति त दादागिरी देखाउँदै नियम तोड्छन् भने त यसमा सम्बन्धित निकायले नै कडा रेखदेख गरिदिनुपर्ने एक तरकारी व्यवसायी बताउँछन् । वास्तवमै थोरै समयका लागि खोलिएको भनिएका तरकारी तथा फलफुल पसलहरु के कसरी खोलिएका छन् ? के कस्ता तवरले किनबेच भइरहेका छन् त भन्ने बजार अनुगमनको कमीकै कारण यति धेरै लापरबाही देखिएको हो । त्यसैले प्रत्येक नागरिक दैनिक उपभोग्य खाद्यवस्तु लिन जाँदा आफू स्वयं पनि सुरक्षित हुन जरुरी छ यो समय भनेको कसरी हुन्छ आफू जोगिने र सबैलाई जोगाउनेतिर लाग्नु पर्दछ । कमसेकम भिडभाड नगरी तरकारी पसल भन्दा बाहिर उभिएर आफ्नो आखाको अगाडि व्यापारीलाई नै तरकारी छान्न लगाएर ब्यापारीले दिएको तरकारी लिने बानी यो समयमा बसाल्नु अति जरुरी देखिन्छ खुल्ला तरकारी किनबेचले सजिलै रोग फैलाउन सक्ने भएको कारण खुल्ला तरकारी किनबेचमा पनि नियन्त्रण गर्नु अत्यन्तै जरुरी छ । यस बाहेक तरकारी व्यवसायीले हातमा ग्लोब्स र स्यानिटाइजरको प्रयोग पनि पसल खोल्ने समय अवधिभरि गर्नु अत्यावश्यक छ बिना ह्यान्ड स्यानिटाइजर र बिना ग्लोब्सको हातले बाह्य मानिसलाई तरकारी छान्नबाट रोक लगाउनु पर्दछ । जस्ले गर्दा धेरै हदसम्म हाम्रो भान्सासम्म पुग्ने तरकारीहरु सुरक्षिथ पुग्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?