तनहुँ — नयाँ वर्ष २०८३ को पावन अवसरमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँद्वारा आयोजित स्रष्टा सम्मान, रचना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम व्यास नगरपालिका का नगरप्रमुख वैकुण्ठ न्यौपाने को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सो अवसरमा प्रख्यात साहित्यकार तथा सिद्धान्तकार प्रा.डा. निर्मलमणी अधिकारी तथा कवि, गीतकार एवं प्रतिष्ठानका निवर्तमान अध्यक्ष सागर उदास लाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रमअन्तर्गत विभिन्न स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गरेका थिए भने सांस्कृतिक आयाम थप्दै भजन–कीर्तनसमेत प्रस्तुत गरिएको थियो। सहभागीहरूबीच नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो।
प्रतिष्ठानले साहित्यिक गतिविधिको प्रवर्द्धनमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै स्रष्टाहरूको हौसला अभिवृद्धि गर्न निरन्तर पहल जारी राख्ने जनाएको छ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?