
दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले स्थानीय तह निर्वाचन अगाडि पार्टीका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीको कार्वाही फिर्ता गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहिबार राजधानीमा बसेको कांग्रेसको केन्द्रीय चुनाव परिचानलन समितिको बैठकमा पूर्व सह–महामन्त्रीको कार्वाही फिर्ता नहुँदा तनहुँका स्थानीय तहहरुमा निर्वाचनमा असर पार्ने हुँदा तत्काल कार्वाही फिर्ता गर्नुपर्ने बताएका छन् । अन्य पार्टीसंग गठबन्धन गर्न तयार भएको कांग्रेसले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई एक बनाएर लैजाउनुपर्ने धारणा समेत व्यक्त गरेका थिए ।
कांग्रेस कार्यकर्ताहरुको भावनामा ठेस पुग्ने हिसाबले गठबन्धन गर्न नहुने र अघिल्लो स्थानीय तह निर्वाचनमा प्राप्त मतका विषयमा समेत मूल्याङकन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?