काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोख्रेलले स्थानीय तहको चुनावमा एमाले एक्लै लड्ने बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा एमालेले कुनै दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने बताएका हुन् ।
राप्रपा, सिके राउतका दलसँगको तालमेलको सम्भवना के छ भन्ने पत्रकारको जिज्ञाशामा उनले एमालेले पार्टीगत तालमेलको पक्षमा नरहेको बताए ।
उनले सत्तारुढ गठबन्धनका दलले एमालेले राजवादी दलसँग तालमेल हुँदेछ भनेर भ्रम फैलाएको आरोप लगाए ।
उनले एमालेले नेताभन्दा पनि विभिन्न दलमा कार्याकर्ताहरुलाई जोड्दै बलियो शक्ति निर्माण गर्दै अगाडी बढ्ने बताए । महासचिव पोख्रेलले अहिलेको पाँच दलीय गठबन्ध बमपन्थी आन्दोलन र लोकतन्त्र मान्यताको विरुद्धमा भएको टिप्पणी समेत गरे । उनले कांग्रेससँगको तालमेल जनताले दिएको जनादेशको विपरित भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?