दमौली : स्थानीय तह निर्वाचनमा नगरपालिकाका मेयर–उपमेयर बन्ने दौडधुपमा धेरै ‘आकांक्षी’ लागिपरेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीले व्यास नगरपालिकाको प्रमुख उम्मेदवारका रुपमा पार्टी जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ, सचिव श्रीराम कार्की, व्यास ४ का वडाध्यक्ष विश्वराज न्यौपाने र दिननाथ लम्सालको नाम सिफारिस गरेको छ ।
पार्टी व्यास नगर अध्यक्ष मंगलप्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पार्टीका तर्फबाट उपमेयरमा मनुमाया श्रेष्ठ, कला पुन र विष्णु खड्काको नाम सिफारिस गरिएको उल्लेख छ ।
त्यस्तै व्यास १ को वडाध्यक्षमा दिपबहादुर श्रेष्ठ र श्रीप्रसाद न्यौपाने, व्यास २ को वडाध्यक्षमा श्रीप्रसाद भट्टराई र हरि कार्की, व्यास ३ को वडाध्यक्षमा मंगलप्रसाद श्रेष्ठ तथा व्यास ४ को वडाध्इक्षमा विष्णुप्रसाद दुरालाई पार्टीले सिफारिस गरेको छ ।
यसैगरी, व्यास ५ को वडाध्यक्षमा रामलाल श्रेष्ठ र कृष्ण पुनको नाम पार्टीले सिफारिस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?