दमौलीको चिया पसलमा गफ गर्ने गफाडीहरुले तनहुँको विकास गर्न सक्दैन ;वरिष्ठ नेता पौडेल

दमाैली: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा भएका ४/५  वटा चिया पसलमा बसेर गफ गर्ने गफाडीहरुले तनहूँ जिल्लामा विकास गर्न नसक्ने  बताएका छन्। व्यास नगरपालिकाको ३० औं स्थापना दिवसका अवसरमा बुधबार  दमौलीमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले अघिल्लो निर्वाचन प्रदेश तथा संघिय निर्वाचनमा कांग्रेसलाई हराएको आरोप लगाउदै  चिया पसलमा बसेर तनहुँको विकास नहुने बताएका हुन् ।

पौडेलले गाँउ गाँउमा बिकास भएको कारण अब निर्वाचित भएर आउने जनप्रतिनिधिहरुले गाउँ गाउँमा बसौं भन्ने वातावरण बनाउनुपर्ने बताए।आफुले बनाएको बुद्ध सिंह मार्ग जोड्न पटक पटक आग्रह गरेपनि जोड्ने काम नभएकोमा असन्तुष्टि व्यक्त गरेको  थिए ।

गठबन्धन देशको आवश्यकता भएकोले गठबन्धनका दलहरुले आफ्नो हैसियत अनुसार माग गर्न आग्रह गरेको छ  ।राष्ट्रको स्वतन्त्रता र लोकतन्त्र बचाउने अहिलेको मुख्य आवश्यकता रहेको भन्दै वरिष्ठ नेता पौडेलले दुई ठूला देशको बीचमा रहेको नेपाललाई जोगाउनुपर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे बि.क. , गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहूँका अध्यक्ष शान्तिरमण वाग्ले, भानु नगरपालिकाका मेयर उदयराज गौली, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीश चन्द्र पोखरेल, नेपाली कांग्रेस तनहूँका उपसभापति देवकुमार श्रेष्ठ,माओवादी केन्दका नेता अतेन्द्र केशरी न्यौपाने, दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बृषराज श्रेष्ठ, आदिवासी जनजाति महासंघ तनहूँकी अध्यक्ष बसुन्धरा घर्ति, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका  थिए।

व्यास नगरपालिकाका प्रमुख  बैकुण्ठनाथ न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमको संचालन प्रवक्ता मोहनकुमार श्रेष्ठले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?