नेपालले घरेलु मैदानमा जिम्बाब्वे ‘ए’ सँग खेल्ने शृङ्खलाकाे तालिका सार्वजनिक – Damauli Online News
Skip

नेपालले घरेलु मैदानमा जिम्बाब्वे ‘ए’ सँग खेल्ने शृङ्खलाकाे तालिका सार्वजनिक

काठमाण्डौ : नेपालले घरेलु मैदानमा जिम्बाब्वे ‘ए’ सँग खेल्ने एकदिवसीय र टी–२० क्रिकेट शृङ्खलाको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज शुक्रवार नेपाल र जिम्बाब्वे ‘ए’ बीच हुने तीन एकदिवसीय र तीन टी–२० शृङ्खलाको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार नेपाल र जिम्बाब्वे ‘ए’ बीच पहिलो एकदिवसीय क्रिकेट आउँदै वैशाख १७ गते शनिवार हुनेछ ।

यस्तै दोस्रो एकदिवसीय क्रिकेट वैशाख १७ गते र तेस्रो एकदिवसीय क्रिकेट वैशाख २१ गते हुनेछ ।

नेपाल र जिम्बाब्वे ‘ए’ बीच पहिलो टी–२० क्रिकेट वैशाख २३ गते, दोस्रो टी–२० क्रिकेट वैशाख २४ गते र तेस्रो टी–२० क्रिकेट वैशाख २६ गते हुनेछ ।

error: Content is protected !!