दमौली : राप्रपा तनहुँले भानुको मेयरमा शेरजंग अधिकारीलाई चुनाव लडाउने घोषणा गरेको छ । भानु- ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा कार्यकर्तालाई प्रवेश गराउँदै पार्टी जिल्ला अध्यक्ष विनोद घर्तीले अधिकारीलाई मेयर उम्मेदवार घोषणा गरेका हुन् ।
तरुण दलको सचिव त्याग्दै आएका सुजन कुमाललाई भानु १ को वडाध्यक्ष उम्मेदवार बनाउन लागेको पार्टीले भानु ५ मा कृष्णबहादुर थापा र २ मा दीपक उपाध्यायलाई वडा अध्यक्ष पदका उम्मेदवार घोषणा गरेको छ ।
त्यस्तै भानु ६ मा अम्बर थापा पनि वडा अध्यक्षमा उम्मेदवारी घोषणा गरिएको अध्यक्ष घर्तीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?