भानु १२ को वडा अध्यक्षमा सुदिप के.सी. बलियो आकांक्षी

तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं १२ बाट आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सुदिप के.सी. ले उम्मेद्बार बन्ने आकांक्षा पेश गरेका छन् । नेपाली कांग्रेस बाट आकांक्षा राखेका के.सी. नेपाली कांग्रेस भानु नगर कार्यसमितिका प्रबक्ता एबं सह-सचिब साथै नेपाल तरुण दल भानु नगरपालिकाको सचिब समेत पनि हुन।

प्रजातान्त्रिक पार्टीमा आकांक्षीहरु धेरै हुनु स्वभाबिक भएता पनि भानु १२ मा आफ्नो योगदान, सकृयता, दृष्टान्त र जनमतको मुल्यांकन गर्दै पार्टीले आफुलाई टिकट दिनेमा बिश्वस्त रहेको समेत उनले बताए । सकरात्मक परिवर्तनको निमित्त पुस्ता हस्तान्तरण आवस्यक रहेको आफुलाई अनुभूति भएको र भानु १२ सहित सिङ्गो भानु नगरपालिकालाई समृद्ध बनाउनको निमित्त आफू सक्षम भएको बताउदै पार्टीले टिकट दिएमा आफू भानु १२ मा अत्याधिक मतले बिजयी हुने समेत दाबी गरे । “न्यायोचित बजेट बिनियोजन”, “आर्थिक पारदर्शिता”, “भ्रस्टाचार बिरुद्ध शून्य सहनशीलता” को रणनीति अंगिकार गर्न आफू प्रतिबद्ध रहेको र उमेरले अरु आकांक्षी भन्दा सानो रहेता पनि समाजको सकारात्मक परिवर्तन र बिकास निर्माणका दृष्टान्तहरु कसैको भन्दा कमजोर नरहेको समेत प्रष्ट परे । के.सी स्थानिय अर्चले युवा क्लबका संथापक अध्यक्ष, युनेस्को क्लब मिर्लुङ्गको नि.ब. अध्यक्ष, रोट्र्याक्ट क्लब भानुको उपसभापती, बिरेन्द्र मोटर मार्गको सचिब, मिर्लुङ्गकोट पर्यटन समितिको सदस्य लगाएत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेर नेतृत्वदायी भुमिकामा सामाजिक कृयाकलापहरुमा सकृय छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भानु नगर अधिबेशनमा अरु उमेदवारहरुले भन्दा सर्बाधिक मत प्राप्त गरेर नगर सह सचिब पदमा निर्वाचित उनि राजनितिक आस्था र सिद्धान्त नेपाली कांग्रेस प्रती रहेता पनि भानु १२ सहित समग्र भानु नगरपालिकाको समृद्धिमा आफू प्रतिबद्ध रहेको हुँदा अन्य पार्टी प्रती आस्था राख्नेहरुले समेत आफुलाई समर्थन गर्ने उनले बिश्वास ब्यक्त गरेका छन् ।आफू भन्दा अग्रज ब्यक्तित्वहरुले समेत वडा अध्यक्ष पदमा आकांक्षा राखेको जनाउदै जनताले खोजेको नयाँ अनुहार, सहि दृष्टान्त, सकरात्मक परिवर्तन र युवा प्रतिनिधित्वको आवस्यकतालाई मध्यनजर गर्दै आफुले उम्मेद्बारी दिएको बताउदै अग्रजहरुको राय सल्लाह सुझाबलाइ स-सम्मान आत्मसाथ गर्दै युवा पुस्ताहरुलाई समेटेर अगाडि बढ्न आफू प्रतिबद्ध रहेको भन्दै सबैले यो पटक आफुलाई सहयोग गर्न समेत उनले अनुरोध गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?